२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

विकास खर्चमा फेरि ढिलाइ, १० महिनामा ३४ प्रतिशत मात्र खर्च

सरकारको ३ खर्ब ५२ अर्ब रुपैयाँ पूँजीगत बजेटमध्ये हालसम्म १ खर्ब २० अर्ब मात्रै खर्च भएको हो।



  • अञ्जना ढकाल
  • ५ महिना अघि
  • पाठक संख्या १६७
  • काठमाडौं, जेठ १ – चालु आर्थिक वर्ष २०८१/८२ सकिन दुई महिना बाँकी हुँदा सरकारले कुल पूँजीगत बजेटको मात्र ३४.१६ प्रतिशत खर्च गरेको छ। सरकारको ३ खर्ब ५२ अर्ब रुपैयाँ पूँजीगत बजेटमध्ये हालसम्म १ खर्ब २० अर्ब मात्रै खर्च भएको हो।

    अब बाँकी दुई महिनामा २ खर्ब ३१ अर्ब रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ, जुन दैनिक ३ अर्ब ८६ करोड रुपैयाँ पर्छ। हाल दैनिक औसत खर्च ४० करोडमात्र छ।

    चालु खर्च भने लक्ष्यको ६७.७९ प्रतिशत पुगेको छ। राजस्व संकलन पनि लक्ष्यभन्दा कमजोर देखिएको छ—१० महिनामा ६४.९९ प्रतिशत मात्र संकलन भएको छ।

    आम्दानी र खर्चबीच २ खर्बभन्दा बढीको घाटा रहेको छ, जसका कारण सरकारले ऋण लिनुपर्ने अवस्था आएको छ। विकास खर्चको यो सुस्तता फेरि ‘असारे विकास’ दोहोरिने संकेत हो।