८ जेठ २०८२ बिहिबार | 22 May 2025 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

स्कुल ड्रेसमा रहेका बालक र बालिकामाथि खुर्पा प्रहार गरी हत्या, आरोपीद्वारा आत्महत्याको प्रयास

हत्या पश्चात् लीला गिरीले आफ्नै घाँटी रेटेर आत्महत्याको प्रयास गरेका छन्।



  • अञ्जना ढकाल
  • ६ दिन अघि
  • पाठक संख्या ७४
  • चितवन, जेठ २ – चितवनको भरतपुर महानगरपालिका–२५ स्थित किसान चोकमा शुक्रबार बिहान एक हृदयविदारक घटना घटेको छ। ४२ वर्षीय लीला गिरीले आफ्नै भतिज सजन गिरी (८ वर्ष) र छोरी प्रभा गिरी (७ वर्ष) लाई खुर्पा प्रहार गरी निर्मम हत्या गरेका छन्।

    दुवै बालबालिका स्कुल जानका लागि तयार भइसकेका थिए र स्कुल ड्रेसमा थिए। अघिल्ला दिनहरूमा समेत आरोपी लीलाले आफ्ना दाजुको छोरा सजनलाई स्कुल ल्याउने–लाने जिम्मा लिँदै आएका थिए। शुक्रबार बिहान पनि उनीहरू स्कुल जान निस्कँदै गर्दा लीलाले अचानक आक्रमण गरेका थिए।

    हत्या पश्चात् लीला गिरीले आफ्नै घाँटी रेटेर आत्महत्याको प्रयास गरेका छन्। हाल उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ र अवस्था गम्भीर रहेको बताइएको छ।

    प्रहरी अनुसन्धान अनुसार, घटनाअघि आरोपीले आफ्ना बुवालाई “उता जानुस्” भन्दै घरबाट बाहिर पठाएर ढोका थुनेका थिए। त्यसपछि उनले पहिले भतिज र पछि छोरीमाथि खुर्पा प्रहार गरेका हुन्।

    परिवारजनका अनुसार लीला गिरीले लामो समयदेखि मानसिक रोगको औषधि सेवन गर्दै आएका थिए। चितवन प्रहरी प्रमुख एसपी गोविन्द पुरीले पनि लीलाको मानसिक स्वास्थ्यमा समस्या रहेको पुष्टि गरेका छन्।