१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

जापान गइन् परराष्ट्र मन्त्री राणा, सामाजिक एकान्तताबारे सम्मेलनमा सम्बोधन गर्ने

उक्त सम्मेलनमा १२ भन्दा बढी देशका मन्त्री, सरकारी उच्च अधिकारी तथा वरिष्ठ सामाजिक अभियन्ताहरूको सहभागिता रहनेछ।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या १०९
  • काठमाडौं, जेठ ६ - परराष्ट्र मन्त्री डा. आरजु राणा जापान प्रस्थान गरेकी छन्। जापानको टोकियोमा बुधबारदेखि सुरु हुने एक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन उनी गए राति त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ।

    मन्त्री राणा ज्येष्ठ नागरिकहरूमा देखिने सामाजिक एकान्ततासम्बन्धी सम्मेलनमा नेपालका तर्फबाट विशेष वक्ताका रूपमा सहभागी हुने कार्यक्रम छ। सम्मेलन एसियाली नागरिकको कल्याण तथा शिक्षाका लागि प्रतिष्ठान द्वारा आयोजित गरिएको हो।

    उक्त सम्मेलनमा १२ भन्दा बढी देशका मन्त्री, सरकारी उच्च अधिकारी तथा वरिष्ठ सामाजिक अभियन्ताहरूको सहभागिता रहनेछ।

    ग्रामीण महिला तथा विकास केन्द्र (रूडुक), सुरक्षित मातृत्व सञ्जाल लगायत संस्थामार्फत् महिलाको आर्थिक तथा सामाजिक सशक्तिकरणमा सक्रिय राणालाई कार्यक्रमका आयोजकले विशेष आमन्त्रण गरेका हुन्।

    जापान भ्रमणको क्रममा मन्त्री राणाले केही महत्वपूर्ण द्विपक्षीय भेटवार्ता पनि गर्ने कार्यक्रम रहेको छ। उनी आउँदो शनिबार स्वदेश फर्कने छिन्।