८ जेठ २०८२ बिहिबार | 22 May 2025 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

वीरेन्द्रनगरमा अघोषित लोडसेडिङ र पानीको संकट, जनजीवन प्रभावित

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा अघोषित लोडसेडिङ र पानीको चरम अभावले स्थानीयवासीको दैनिक जीवन कष्टकर बन्दै गएको छ।



  • अञ्जना ढकाल
  • २३ घण्टा अघि
  • पाठक संख्या ३९
  • सुर्खेत, वैशाख २८ - कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा अघोषित लोडसेडिङ र पानीको चरम अभावले स्थानीयवासीको दैनिक जीवन कष्टकर बन्दै गएको छ। गर्मीको चर्को बेलामा बत्ती र पानी दुबै नहुँदा जनजीवन प्रभावित भएको छ।

    वैशाख अन्तिम सातादेखि लगातार विद्युत् अवरुद्ध हुँदै आएको छ। मंगलबार दिउँसोदेखि साँझसम्म बत्ती गइसकेको र राति ८ बजे मात्र आएको थियो। बुधबार बिहान फेरि बत्ती गएकाले उद्योग, होटल, कार्यालयमा काम प्रभावित भएको छ।

    नेपाल विद्युत् प्राधिकरणले कोहलपुर–सुर्खेत ३३ केभी प्रसारण लाइनमा समस्या आएको र मर्मत कार्य भइरहेको जनाएको छ। स्थानीयवासीले भने लोडसेडिङकै कार्यतालिका ल्याउन माग गरेका छन्।

    यता, पानीको समस्या झन् चर्किएको छ। खानेपानी संस्थाका अनुसार दैनिक ३८८ लिटर प्रतिसेकेण्ड आवश्यक भए पनि हाल जम्मा ९० लिटर प्रतिसेकेण्ड मात्र आपूर्ति भइरहेको छ। अधिकांश मुहानमा पानीको स्रोत घट्दै गएको र कतिपय क्षेत्रमा धारै सुक्ने अवस्था आएको छ।

    प्रदेश राजधानी भएर जनसंख्या बढ्दो भए पनि पूर्वाधारको अभावले समस्या झनै गहिरिएको स्थानीयको गुनासो छ।