२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

गोरखामा बसको ठक्करबाट बालिकाको मृत्यु, आमा गम्भीर घाइते



  • अञ्जना ढकाल
  • ५ महिना अघि
  • पाठक संख्या १५४
  • गोरखा, जेठ ७ – गोरखामा बसको ठक्करबाट एक चार वर्षीया बालिकाको ज्यान गएको छ।

    गोरखाबाट आरुघाटतर्फ जाँदै गरेको ग२ख ९२५ नम्बरको बसले ठक्कर दिँदा गोरखा नगरपालिका–४ फिनाम निवासी सुविना सुर्खेतीको घटनास्थलमै मृत्यु भएको हो।

    प्रहरीका अनुसार बालिका बसबाट ओर्लने क्रममा सोही बसले ठक्कर दिएको थियो। दुर्घटनामा बालिकाकी आमा २० वर्षीया विनिता सुर्खेती गम्भीर घाइते भएकी छन्। उनको अहिले गोरखा प्रदेश अस्पतालमा उपचार भइरहेको छ।

    घटनाबारे थप अनुसन्धान भइरहेको गोरखा प्रहरीले जनाएको छ।