१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रवि लामिछानेको रिटमा सर्वोच्चमा आज निर्णायक बहस

लामिछानेद्वारा दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमा आज पनि सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या २६५
  • काठमाडौँ, जेठ ९ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेद्वारा दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमा आज पनि सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

    यस्तै, पूर्वडीआईजी छविलाल जोशीको रिट निवेदनमा पनि आज सुनुवाइ तय भएको छ।

    न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा मंगलबारदेखि लगातार सुनुवाइ प्रक्रिया जारी छ।

    बिहीबारको सुनुवाइमा रवि लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले बहस गरेका थिए। त्यसपछि पूर्वडीआईजी जोशीका कानुन व्यवसायीले आफ्ना तर्कहरू राखेका थिए।

    सरकारका तर्फबाट बिहीबार गोविन्द खनाल, लोकराज पराजुलीलगायत सरकारी वकिलहरूले बहस गरेका थिए। सरकारी पक्षको बहस सकिएकाले आज पीडित पक्षका कानुन व्यवसायीले बहस गर्ने कार्यक्रम छ। त्यसपछि जवाफी बहस सुरु हुनेछ।

    सुनुवाइमा चासो बढ्दै गइरहेको छ भने आजको बहसबाट रिट निवेदनको अन्तिम दिशानिर्देशको अपेक्षा गरिएको छ।