२६ साउन २०८२ सोमबार | 11 Aug 2025 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

गोलभेँडाको मूल्यमा उल्लेख्य गिरावट, कति पुग्यो किलोको?

शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार भारतीय, लोकल र टनेलका गोलभेँडाको थोक मूल्य घटेको हो।



  • अञ्जना ढकाल
  • ३ महिना अघि
  • पाठक संख्या १९५
  • काठमाडौं, जेठ ९ – स्थानीय बजारमा गोलभेँडाको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले आज शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार भारतीय, लोकल र टनेलका गोलभेँडाको थोक मूल्य घटेको हो।

    भारतीय ठूलो गोलभेँडाको मूल्य प्रतिकिलो १८ रुपैयाँले घटेर ५५ बाट ३७ रुपैयाँमा झरेको छ।

    यस्तै, लोकल सानो गोलभेँडाको मूल्य ११ रुपैयाँले घटेको छ। बिहीबार ५२ रुपैयाँमा बिक्री भएको लोकल गोलभेँडा आज ४१ रुपैयाँमा झरेको छ।

    त्यसैगरी, टनेलको सानो गोलभेँडाको मूल्यमा पनि १५ रुपैयाँको गिरावट आएको छ। बिहीबार प्रतिकिलो ६५ रुपैयाँ रहेको टनेल गोलभेँडा आज ५० रुपैयाँमा बिक्री भइरहेको छ।

    समितिका अनुसार आपूर्ति बढेसँगै मूल्यमा गिरावट आएको हो।