२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

केवलकारको शौचालयमा लडेर भारतीय तीर्थयात्रीको मृत्यु

मनकामना दर्शन गर्न आएका एक भारतीय तीर्थयात्रीको केवलकार स्टेशनको शौचालयमा लडेर मृत्यु भएको छ।



  • अञ्जना ढकाल
  • ४ महिना अघि
  • पाठक संख्या १२२
  • चितवन, वैशाख ११ – मनकामना दर्शन गर्न आएका एक भारतीय तीर्थयात्रीको केवलकार स्टेशनको शौचालयमा लडेर मृत्यु भएको छ।

    गुजरात, भारतको पालनपुर निवासी ६२ वर्षीय निरजभाइ भनिने मन्नुप्रसाद भट्ट आइतबार बिहान साढे ८ बजेतिर केवलकारको शौचालयमा लडेका थिए।

    अचेत अवस्थामा फेला परेपछि उनलाई तत्काल उपचारको लागि इच्छाकामना आधारभूत अस्पताल, कुरिनटार ल्याइएको थियो। उपचारको क्रममा भट्टको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिङका प्रहरी निरीक्षक प्रतीक सिंहले जानकारी दिए।

    उनको शव पोस्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको छ।