२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

आत्मनिर्भरताका लागि गोरखा–लमजुङमा संयुक्त रूपमा धान खेती सुरु : नेकपा

आत्मनिर्भर अर्थतन्त्र निर्माणको लक्ष्यसहित नेकपा गोरखा र लमजुङ समितिले संयुक्त रूपमा धान खेती सुरु गरेको छ।



  • अञ्जना ढकाल
  • ४ महिना अघि
  • पाठक संख्या ३९७
  • गोरखा, जेठ १२- आत्मनिर्भर अर्थतन्त्र निर्माणको लक्ष्यसहित नेकपा गोरखा र लमजुङ समितिले संयुक्त रूपमा धान खेती सुरु गरेको हो। नेकपाको केन्द्रीय नीतिअनुसार उत्पादनमै आधारित समाजवादको बाटो अघि बढाउने उद्देश्यले गोरखा र लमजुङले संयुक्त पहलमार्फत ४५ रोपनी जमिनमा धान खेती सुरु गरेका हुन्।

    जेठ १० गते गोरखा जिल्लाको पालुङटार नगरपालिका–३, तला शेरामा बीउ राख्ने कार्य सम्पन्न गरिएको छ। स्थानीय जनताको सहभागिता र श्रमको योगदानमा गरिएको यो अभियानलाई आत्मनिर्भर अर्थतन्त्रको दिशामा एक महत्वपूर्ण कदमको रूपमा हेरिएको छ।

    नेकपाका जिल्ला इन्चार्ज कपिल सीले जनतामाझ श्रम, उत्पादन र आत्मनिर्भरताको भावना जागृत गराउने लक्ष्यका साथ यो कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए। उनले भने, “हामीले उत्पादनको थालनी गरेका छौँ, त्यसैले राज्य सञ्चालन गर्नेहरू आत्तिन थालेका छन्। देशको नेतृत्व नेकपाले गरे मात्र समाजवादको यात्रा सम्भव छ।”

    कपिल सी का अनुसार, यस वर्ष नेकपाले देशभरि ठूलो मात्रामा धान उत्पादन गर्ने योजना अघि सारेको छ। उनले पार्टी कार्यकर्तालाई श्रममा जोती आत्मनिर्भरताको अभ्यास गर्ने अभियानमा जुट्न आह्वान समेत गरेका छन्।

    यो कार्यक्रमबाट स्थानीय स्तरमा कृषि उत्पादन वृद्धि गर्नुका साथै पार्टी कार्यकर्तामा श्रमप्रतिको सम्मान र राष्ट्रिय उत्पादनप्रति जिम्मेवारीको भावना विकास हुने अपेक्षा गरिएको छ।