६ भदौ २०८२ शुक्रबार | 22 Aug 2025 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

बाजुरामा जिप दुर्घटना : टेलिकम प्रमुखसहित तीनजनाको मृत्यु

नेपाल टेलिकम बजुरा कार्यालयको बा.५ च २२०९ नम्बरको जिप सडकबाट करिब ८० मिटर तल खस्दा दुर्घटना भएको हो।



  • अञ्जना ढकाल
  • ३ महिना अघि
  • पाठक संख्या ७४
  • बाजुरा, जेठ १३ — बाजुराको जगन्नाथ गाउँपालिका–२ स्थित काँडाकोटमा जिप दुर्घटना हुँदा तीनजनाको ज्यान गएको छ।

    नेपाल टेलिकम बजुरा कार्यालयको बा.५ च २२०९ नम्बरको जिप सडकबाट करिब ८० मिटर तल खस्दा दुर्घटना भएको हो। दुर्घटनामा नेपाल टेलिकम बाजुराका प्रमुख लोकबहादुर खड्का, चालक नन्दराम महता र सवारीधारक रवीन्द्र धामीको घटनास्थलमै मृत्यु भएको सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय अत्तरियाका डिएसपी टेक जोराले जानकारी दिए।

    जिपमा सवार अन्य दुईजना नन्दराम तिरुवा र लोकेन्द्र तिरुवा घाइते भएका छन्।

    बाजुरा प्रहरी प्रमुख डिएसपी इकवाल हवारीका अनुसार जिप बाजुरा सदरमुकामबाट टेलिकमको टावर मर्मतका लागि जगन्नाथ गाउँपालिकातर्फ जाँदै गरेको थियो। यात्राका क्रममा काँडाकोटमा जिप दुर्घटनाग्रस्त भएको हो।

    घाइतेहरूको उद्धार गरी उपचारका लागि पठाइएको छ भने घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।