६ भदौ २०८२ शुक्रबार | 22 Aug 2025 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

प्रचण्डद्वारा सहिद लखन गाउँपालिकाको नयाँ प्रशासकीय भवन उद्घाटन

गोरखाको सहिद लखन गाउँपालिकामा निर्माण गरिएको नयाँ प्रशासकीय भवनको उद्घाटन गरिएको छ।



  • अञ्जना ढकाल
  • ३ महिना अघि
  • पाठक संख्या ७३
  • गोरखा, जेठ १३ – गोरखाको सहिद लखन गाउँपालिकामा निर्माण गरिएको नयाँ प्रशासकीय भवनको उद्घाटन गरिएको छ। वडा नम्बर ६, घैरुङमा निर्माण गरिएको उक्त भवनको उद्घाटन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संयुक्त रूपमा गरेका हुन्।

    करिब २१ रोपनी क्षेत्रफलमा फैलिएको भवनमा ५२ वटा कोठाहरू छन्। सो भवन निर्माणमा करिब ८ करोड ४३ लाख ११ हजार रुपैयाँ लागत लागेको प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगरले जानकारी दिए।

    उद्घाटन समारोहमा बोल्दै प्रचण्डले दशकौँको संघर्ष र बलिदानीपछि आएको व्यवस्थामाथि प्रश्न उठाउने प्रयास भइरहेको भन्दै त्यसको रक्षा गर्न सबै एकताबद्ध हुनुपर्नेमा जोड दिए। उनले बूढीगण्डकी जलविद्युत् आयोजना अवश्य निर्माण हुने र त्यसको अनिर्णयको अवस्था अब धेरै लामो नहुने स्पष्ट पारे।

    मुख्यमन्त्री पाण्डेले निर्वाचनका बेला जनतासँग गरिएको वाचा पूरा गर्न सबै मिलेर लाग्नुपर्ने उल्लेख गर्दै सङ्घीयताको मर्म अनुसार कानुन निर्माण नहुँदा प्रदेश तथा स्थानीय तहमा जनअपेक्षा अनुसार काम गर्न कठिन भएको गुनासो पोखे।