२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

छतमा सेकुवा पोल्दा छिमेकीले दमकल बोलाए

सेकुवा पोल्दै गर्दा धुवाँ देखेपछि छिमेकीले आगलागी भएको ठानी दमकल बोलाएको घटना सार्वजनिक भएको छ।



  • अञ्जना ढकाल
  • ४ महिना अघि
  • पाठक संख्या १०३
  • काठमाडौं, जेठ १८ - ललितपुरको इमाडोलमा छतमा सेकुवा पोल्दै गर्दा धुवाँ देखेपछि छिमेकीले आगलागी भएको ठानी दमकल बोलाएको घटना सार्वजनिक भएको छ।

    शुक्रबार साँझ साढे सात बजेतिर महालक्ष्मी नगरपालिका र ललितपुर महानगरको सिमानामा रहेको घरबाट धुवाँ उठेको खबर आएपछि दमकल टोली पुगेको थियो।

    नगरप्रहरी प्रमुख सीताराम हाछेथुका अनुसार, दमकल पुग्दा छतमा आगो तापेर सेकुवा पोल्दै रमाइलो गरिरहेका थिए। आगो नियन्त्रणमा नरहेको नदेखिएपछि पानी प्रयोग नगरी दमकल फर्किएको थियो।

    सामाजिक सञ्जालमा यो घटना अहिले भाइरल भएको छ। कतिपयले सतर्क छिमेकीको सराहना गरेका छन् भने केहीले रमाइलो गर्ने बेला दमकल बोलाएर खर्च गराएको भन्दै व्यङ्ग्य गरेका छन्।