६ भदौ २०८२ शुक्रबार | 22 Aug 2025 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

पोखरामा अलपत्र यात्रुलाई आज पनि स्कर्टिङमार्फत् गन्तव्यमा पुर्‍याइँदै

पोखरामा अलपत्र परेका यात्रुलाई आज आइतबार पनि सुरक्षाकर्मीको स्कर्टिङमार्फत् गन्तव्यसम्म पुर्‍याउने कार्य जारी छ।



  • अञ्जना ढकाल
  • ३ महिना अघि
  • पाठक संख्या १११
  • पोखरा, जेठ १८ - गण्डकी प्रदेशमा सार्वजनिक यातायात बन्द भएको कारण पोखरामा अलपत्र परेका यात्रुलाई आज आइतबार पनि सुरक्षाकर्मीको स्कर्टिङमार्फत् गन्तव्यसम्म पुर्‍याउने कार्य जारी छ।

    सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले पोखराबाट मुग्लिनसम्म स्कर्टिङ गरेर यात्रुलाई सुरक्षित रूपमा गन्तव्यतर्फ पठाउने कार्य गरिरहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

    थापाका अनुसार आइतबार बिहान १० बजेदेखि पोखराबाट चितवन र काठमाडौंतर्फ जान २५ वटा पर्यटक बस छुटाइएको हो। पोखराबाट जिल्ला सिमाना कोत्रेसम्म सशस्त्र र नेपाल प्रहरीले स्कर्टिङ गर्नेछ भने त्यसपछि मनकामना गण तनहुँले स्थानीय प्रहरीको सहयोगमा स्कर्टिङ गर्दै मुग्लिनसम्म पुर्‍याउनेछ।

    गण्डकी प्रदेशको सार्वजनिक यातायात बचाउ संघर्ष समितिले १६ जेठदेखि सार्वजनिक सवारी सञ्चालनमा रोक लगाएको थियो। यसका कारण पोखरामै सयौं यात्रुहरू अलपत्र परेका थिए।

    सुरक्षा निकायको समन्वयमा आज पनि गण्डकी र बागमती प्रदेशको सीमासम्म यात्रुहरूलाई सुरक्षित रूपमा पुर्‍याउने प्रयास भइरहेको छ।