२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

पोखरामा अलपत्र परेका ५६४ यात्रु स्कर्टिङमार्फत् गन्तव्यतर्फ पठाइयो

अलपत्र परेका ५६४ यात्रुलाई कास्की प्रहरीले स्कर्टिङ गरी सुरक्षित रूपमा गन्तव्यतर्फ पठाएको छ।



  • अञ्जना ढकाल
  • ४ महिना अघि
  • पाठक संख्या ११४
  • पोखरा, जेठ १९ – पोखरामा विभिन्न कारणले अलपत्र परेका ५६४ यात्रुलाई कास्की प्रहरीले स्कर्टिङ गरी सुरक्षित रूपमा गन्तव्यतर्फ पठाएको छ।

    कास्की जिल्ला प्रहरी कार्यालयका डीएसपी हरिबहादुर बस्नेतको नेतृत्वमा रहेको प्रहरी टोलीले यात्रुलाई १७ वटा सवारीसाधनमार्फत् काठमाडौं र चितवन पठाएको हो। तीमध्ये १४ वटा सवारी काठमाडौं र ३ वटा चितवनतर्फ गएका छन्।

    प्रहरीका अनुसार सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हेडक्वाटर कालिकाबाट खटिएको टोलीको समेत सहकार्यमा पोखराको पर्यटक बसपार्कबाट यात्रुहरूलाई सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको हो।

    असहज परिस्थितिमा परेका यात्रुको सुरक्षालाई ध्यानमा राख्दै गरिएको यो पहलप्रति यात्रुहरूले राहत महसुस गरेको जनाइएको छ।