१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

लसुनको मूल्य घट्यो, नेपाली लसुन प्रतिकिलो कति पुग्यो?

बजारमा लसुनको मूल्यमा कमी आएको छ।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या ४८३
  • काठमाडौं, जेठ २० — बजारमा लसुनको मूल्यमा कमी आएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार नेपाली लसुनको मूल्य मंगलबार प्रतिकिलो १३ रुपैयाँले घटेको छ।

    स्रोतका अनुसार सोमबार प्रतिकिलो १७६ रुपैयाँमा कारोबार भइरहेको नेपाली लसुन आज १६३ रुपैयाँमा झरेको हो।

    बजारमा लसुनको मूल्य पछिल्ला केही सातायता घट्दो क्रममा छ। वैशाखको अन्तिम साता नेपाली लसुनको मूल्य प्रतिकिलो २९० रुपैयाँसम्म पुगेको थियो। त्यसयता मूल्यमा निरन्तर गिरावट आएको देखिएको छ।

    यता चाइनिज लसुनको मूल्य भने स्थिर रहेको छ। हाल चाइनिज लसुन प्रतिकिलो २६० रुपैयाँमै कारोबार भइरहेको छ।

    बजार विश्लेषकहरूका अनुसार स्थानीय उत्पादनमा वृद्धि र उपभोक्ता मागमा केही कमी आएपछि लसुनको मूल्य घटेको हुन सक्छ।