२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

ललितपुरको ठेचोमा पोल ढलेर एकको मृत्यु, स्थानीय आन्दोलित

ललितपुरको गोदावरी नगरपालिका–१२, ठेचोमा विद्युत्‌को पोल ढलेर एक जनाको ज्यान गएको छ।



  • अञ्जना ढकाल
  • ४ महिना अघि
  • पाठक संख्या ११०
  • ललितपुर, जेठ २१ - ललितपुरको गोदावरी नगरपालिका–१२, ठेचोमा विद्युत्‌को पोल ढलेर एक जनाको ज्यान गएको छ। मृतक ५५ वर्षीय रमेश खड्गी ठेचोकै स्थायी बासिन्दा हुन्।

    जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार, बाटो मर्मतको क्रममा प्र. ३–०१–००३ क ६७४२ नम्बरको जेसिपीले विद्युत् पोल अडाउने तथा सार्ने काम गर्दै गर्दा पोल अचानक ढलेको हो।

    खड्गी सो कार्यको छेउमै उभिएर हेरिरहेका थिए। पोल ढलेर लाग्दा उनी गम्भीर घाइते भएका थिए र तुरुन्तै अस्पताल लगिएको थियो। तर, चिकित्सकले उनलाई अस्पताल पुर्‍याएलगत्तै मृत घोषणा गरे।

    उनको मृत्यु भएपछि आक्रोशित स्थानीयवासीले ठेचो क्षेत्रमा टायर बालेर सडक अवरुद्ध गर्दै विरोध प्रदर्शन थालेका छन्।

    हाल प्रहरी वृत्त सातदोबाटोमा नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधि, ठेकेदार, मृतकका आफन्त र प्रहरीबीच छलफल जारी छ। घटनाबारे विस्तृत छानबिन भइरहेको प्रहरीले जनाएको छ।