२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

टोखामा प्रहरी र लागुऔषध कारोबारीबीच भीडन्त, गोली चल्दा दुई प्रहरी घाइते



  • अञ्जना ढकाल
  • ४ महिना अघि
  • पाठक संख्या ३०१
  • काठमाडौं — काठमाडौंको टोखा क्षेत्रमा प्रहरी र लागुऔषध कारोबारीबीच भीडन्त हुँदा गोली चलेको छ।

    टोखास्थित ग्राण्डी अस्पताल नजिकै गोली चलाएपछि प्रहरीले दुई जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ।

    प्रहरी इन्स्पेक्टर राकेश यादवको नेतृत्वमा खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा प्रतिरोध गरेपछि जवाफी फायरिंग गरिएको हो। घटनामा दुई जना प्रहरी घाइते भएका छन्।

    नेपाल प्रहरीका एसएसपी कृष्ण कोइरालाका अनुसार घाइते हुनेमा प्रहरी जवान रवीन्द्र केसी र नवराज घिसिङ रहेका छन्। उनीहरूको अहिले उपचार भइरहेको छ।

    प्रहरीले पक्राउ परेका दुईजनाको साथबाट १५० ग्रामभन्दा बढी ब्राउन सुगर बरामद गरेको जानकारी दिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।