२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रामेछापमा सुतिरहेका युवकको धारिलो हतियार प्रहार गरी हत्या, भिनाजु पक्राउ

रामेछाप नगरपालिका–४ हिमगंगा बोलङमा मंगलबार राति एक युवकको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ।



  • अञ्जना ढकाल
  • ४ महिना अघि
  • पाठक संख्या १३८
  • रामेछाप, जेठ २९ - रामेछाप नगरपालिका–४ हिमगंगा बोलङमा मंगलबार राति एक युवकको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ।

    जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार २९ वर्षीय लबकुमार थापामगरको हत्या भएको हो। उनी आफ्नो कोठामा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रयोग गरी आक्रमण गरिएको प्रहरीको भनाइ छ।

    घटनापछि अनुसन्धान थालेको प्रहरीले लबकुमारका भिनाजु नाता पर्ने ५० वर्षीय विनोदकुमार यसमालीलाई पक्राउ गरेको जनाएको छ। डिएसपी भोला भट्टका अनुसार उनी घटनापछि फरार रहेका थिए। प्रहरीले उनलाई मध्यराति रामेछाप–५, रामपुर कोलन्जोरबाट पक्राउ गरेको हो।

    ‘उनको केही आपराधिक पृष्ठभूमि पनि देखिएको छ,’ डिएसपी भट्टले भने, ‘हामी विस्तृत रूपमा अनुसन्धान गरिरहेका छौं।’

    प्रहरीले घटनासम्बन्धी थप अनुसन्धानका लागि जिल्ला अदालत रामेछापबाट १० दिनको म्याद थप गरी विनोदकुमारलाई हिरासतमा राखेको छ।