२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

बूढानीलकण्ठमा एकै कोठामा दुई जनाको शव फेला, प्रहरीद्वारा अनुसन्धान सुरु

पासिकोटस्थित एक घरमा आइतबार दुई जना मृत अवस्थामा फेला परेका छन्।



  • अञ्जना ढकाल
  • ४ महिना अघि
  • पाठक संख्या १७७
  • काठमाडौँ, असार १ – राजधानी काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–४, पासिकोटस्थित एक घरमा आइतबार दुई जना मृत अवस्थामा फेला परेका छन्।

    जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार घटना जेठ ३० गते राति करिब ९:४० बजेको समयमा भएको हो। थ्रि–स्टार किड्स जोन स्कुलको कम्पाउन्डभित्र रहेको उक्त घर भारत, पञ्जाब चण्डीगढका ५४ वर्षीय परम नारायण गिलले भाडामा लिएका थिए।

    प्रहरीका अनुसार घरको पहिलो तलाको बिचको कोठामा धादिङ गल्छी गाउँपालिका–६ घर भई त्यहीँ काम गर्दै आएकी २८ वर्षीया अन्जना तामाङ सोफामा मृत अवस्थामा फेला परेकी थिइन्। उनको टाउकोमा चोट देखिएको छ।

    त्यसै कोठाको भुइँमा परम नारायण गिल पनि मृत अवस्थामा फेला परेका छन्। गिलको शरीरमा भने कुनै बाह्य चोटपटक नदेखिएको प्रहरीले जनाएको छ। घटनास्थलबाट फलामको ह्यामर र विषादी फेला परेको पनि प्रहरीले पुष्टि गरेको छ।

    हाल घटनास्थलमा प्रहरी टोली खटिएको छ भने तालुक अधिकृतसहितको टोलीमार्फत अनुसन्धान अगाडि बढाइएको छ। दुबै शवको प्रकृति परीक्षण (पोस्टमार्टम) प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।