२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

५० लाख धरौटीमा छुटे बागमती नगरपालिकाका निलम्बित मेयर भरतबहादुर थापा

सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतबहादुर थापा ५० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्।



  • अञ्जना ढकाल
  • ४ महिना अघि
  • पाठक संख्या १३५
  • सर्लाही, असार २ - सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतबहादुर थापा ५० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्।

    वन क्षेत्रमै अवैध रूपमा ढुंगा–गिट्टी उत्खनन गरी क्षति पुर्‍याएको आरोपमा थापाविरूद्ध वन ऐनअनुसार जिल्ला अदालत सर्लाहीमा मुद्दा दायर गरिएको थियो।

    आइतबार अदालतमा उपस्थित भएका मेयर थापालाई थुनछेक बहसपछि अदालतले ५० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको जिल्ला अदालत सर्लाहीका सूचना अधिकारी सिकिन्दर कापरले जानकारी दिए।

    थापाविरुद्ध वन क्षेत्रको क्षतिका लागि १ अर्ब ४९ करोड ३९ लाख ४३ हजार ३३७ रुपैयाँ बिगो माग गरिएको छ।

    यसअघि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पनि उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी विभिन्न मुद्दा दायर गरेको थियो। भ्रष्टाचार मुद्दा दायर भएसँगै उनी स्वतः निलम्बित भएका हुन्।