२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक अझै खुल्न सकेन

चट्टानसहितको ठूलो पहिरोका कारण कालीगण्डकी करिडोर सडक अझै अवरुद्ध रहेको छ।



  • अञ्जना ढकाल
  • ४ महिना अघि
  • पाठक संख्या १६७
  • गुल्मी, असार ३ – गुल्मीको कालीगण्डकी गाउँपालिका–६ स्थित बरल्बा क्षेत्रमा गएको चट्टानसहितको ठूलो पहिरोका कारण कालीगण्डकी करिडोर सडक अझै अवरुद्ध रहेको छ। सोमबार दिउँसो खसेको पहिरोका कारण सडक पूर्ण रूपमा बन्द भएको हो।

    कालीगण्डकी गाउँपालिका अध्यक्ष बेदबहादुर थापाका अनुसार सोमबार रातिसम्म सडक सञ्चालनको प्रयास गरिएको थियो तर निरन्तर पहिरो खसिरहेकाले काममा कठिनाइ भइरहेको छ।

    सडक अवरुद्ध भएपछि जिल्ला प्रहरी कार्यालय गुल्मीले प्रहरी चौकी भुर्तुङबाट प्रहरी सहायक निरीक्षक देवबहादुर भुजेलको नेतृत्वमा प्रहरी टोली खटाएको जानकारी प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीले दिएका छन्।

    अहिले सवारी साधनलाई पर्वत हुँदै वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ। तर, लामो समयसम्म सडक अवरुद्ध हुँदा उक्त क्षेत्रबाट पर्वत, बागलुङ र पोखरासम्म आवतजावत गर्ने यात्रुहरू ठूलो सास्तीमा परेका छन्।

    प्राकृतिक विपत्तिका कारण बारम्बार अवरुद्ध हुँदै आएको यो सडक खुलाउन यथासक्य चाँडो पहल गरिने स्थानीय प्रशासनले जनाएको छ।