१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

प्रचण्डको आरोप : सत्तारूढ दललाई संसद् अवरोध कायम रहोस् भन्ने चाहना

‘प्रचण्ड’ले सत्तारूढ दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) संसद् अवरोध खुलोस् भन्ने पक्षमा नरहेको आरोप लगाएका छन्।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या २३५
  • चितवन, असार ३ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारूढ दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) संसद् अवरोध खुलोस् भन्ने पक्षमा नरहेको आरोप लगाएका छन्।

    मंगलबार चितवनमा प्रेस सेन्टर नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले संसद्मा विचाराधीन कानुन निर्माण प्रक्रिया अघि नबढोस् भन्ने सरकारको चाहना रहेको टिप्पणी गरे।

    उनले भने, “अहिले संसद्मा विचाराधीन ऐनहरूबारे काँग्रेस र एमाले सरकारमा छन्, जेसुकै गरुन् भने पनि उनीहरू नगर्ने पक्षमा छन्। अहिलेको अवरोध रहिरहोस् भन्ने यो सरकारको नेतृत्वको चाहना देखिन्छ।”

    पूर्वप्रधानमन्त्री दाहालले संघीय निजामती ऐन, विद्यालय शिक्षा ऐन, नागरिकता ऐन र सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी) सम्बन्धी बाँकी कानुनी कार्यहरू टुंग्याउनु सरकारको दायित्व भएको भन्दै ती ऐन निर्माणमा ढिलाइ हुनु संविधानमै खतरा उत्पन्न हुने चेतावनी दिए।

    “ऐन नबनाउने, छानबिन नगर्ने र शिक्षा क्षेत्रमा देखिएको अराजकतालाई व्यवस्थापन नगर्ने हो भने संविधानमै खतरा हुन सक्छ,” उनले भने।

    उनले आफू परिवर्तनको वाहक पार्टीको प्रमुख भएकाले ऐन निर्माणलाई प्राथमिकता दिनुपर्ने बताउँदै ३० दिनभित्र छानबिन समिति बनाउने प्रतिबद्धता आएको कारण आफूहरू जिम्मेवार ढंगले अघि बढ्न तयार भएको स्पष्ट पारे।

    दाहालले विद्यालय शिक्षा ऐन असार १५ भित्र पास गर्न नसके शिक्षा क्षेत्र अझ अराजकतामा फस्ने चेतावनी पनि दिए।

    उनका अनुसार कानुन निर्माण र सुधार कार्य सहमति र गम्भीर अध्ययनका आधारमा अघि बढाइनुपर्ने आवश्यक छ।