२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

धनगढीमा युवती मृत फेला, हत्याको आशंका

कोठाभित्र बन्द अवस्थामा भेटिएकी ती युवतीको हत्या भएको हुन सक्ने प्रहरीको प्रारम्भिक आशंका छ।



  • अञ्जना ढकाल
  • ४ महिना अघि
  • पाठक संख्या १५१
  • धनगढी, असार ९ - धनगढी उपमहानगरपालिका–२ स्थित बैयाबेहडीमा एक युवती मृत फेला परेकी छन्। कोठाभित्र बन्द अवस्थामा भेटिएकी ती युवतीको हत्या भएको हुन सक्ने प्रहरीको प्रारम्भिक आशंका छ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मृत भेटिएकी युवती ३० वर्षीया रेणु चौधरी हुन्। उनी कञ्चनपुरको पुनर्वास नगरपालिका–११, अमरबस्तीकी बासिन्दा हुन्। चौधरी धनगढीमा कोठा भाडामा लिएर बस्दै आएकी थिइन्।

    सोमबार बिहान कोठाबाट दुर्गन्ध आएको सूचना पाएपछि प्रहरीले ढोका फोरेर कोठाभित्र प्रवेश गर्दा उनको शव कुहिएको अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले जानकारी दिए।

    उनका अनुसार कोठामा बाहिरबाट ताल्चा लगाइएको अवस्थामा शव भेटिएकाले कसैले हत्या गरेर ढोका लगाएको हुन सक्ने शंका गरिएको छ। घटनाको थप अनुसन्धानका लागि तालिमप्राप्त कुकुरको सहयोगमा अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ।

    प्रहरीले घटनास्थललाई सिल गरेको छ भने चौधरीको शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा पठाइएको छ।