२३ असार २०८२ सोमबार | 07 Jul 2025 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

भिजिट भिसा प्रकरणमा राप्रपाको संसद् बहिष्कार जारी, न्यायिक आयोग गठनको माग

शाहीका अनुसार आन्तरिक छलफलपछि संसद् अवरोधलाई नियमित रूपमा जारी राख्ने निर्णय गरिएको हो।



  • अञ्जना ढकाल
  • २ हप्ता अघि
  • पाठक संख्या ४९
  • काठमाडौं, असार १० - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भिजिट भिसा प्रकरणमा सरकारको दृष्टिकोणप्रति असन्तुष्टि जनाउँदै संसद् बहिष्कारलाई निरन्तरता दिने निर्णय गरेको छ।

    राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीका अनुसार आन्तरिक छलफलपछि संसद् अवरोधलाई नियमित रूपमा जारी राख्ने निर्णय गरिएको हो। “हामी सुरुमा सदनमा कुरा राख्छौं, त्यसपछि संसद्‌को कामकारबाही बहिष्कार गर्छौं,” शाहीले बताए।

    सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिले भिजिट भिसा काण्डमा प्रभावकारी अनुसन्धान गर्न नसक्ने निष्कर्षमा राप्रपा पुगेको छ। यसैकारण राप्रपाले छानबिनप्रति अविश्वास जनाउँदै संसद्‌ बहिष्कारलाई जारी राखेको हो।

    सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यसचिव शंकरदास बैरागीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो। उक्त समितिमा सम्बन्धित मन्त्रालयहरूका सहसचिवहरू सदस्य रहने छन्।

    भिजिट भिसा प्रकरणलाई लिएर राप्रपा केही समयदेखि संसद् अवरुद्ध गर्दै आएको छ। यद्यपि, सरकारले संसद्‌ अवरोधकैबीच बजेटमाथिको छलफल भने अघि बढाइरहेको छ।

    प्रमुख सचेतक शाहीका अनुसार राप्रपाको माग उच्चस्तरीय न्यायिक आयोग गठनको हो, जसले स्वतन्त्र र निष्पक्ष रूपमा भिजिट भिसा काण्डको छानबिन गर्न सकोस्।