१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रचण्ड र गृहमन्त्री लेखक सहभागी

आज बस्ने बैठकमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने भएका छन्।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या १७३
  • काठमाडौं, असार ११ - प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आज बस्ने बैठकमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने भएका छन्।

    प्रचण्डको सचिवालयका अनुसार उनी आजको समितिको बैठकमा सहभागी हुँदैछन्। बैठकमा नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन गर्न तयार पारिएको विधेयकमाथि सैद्धान्तिक छलफल हुने कार्यसूची रहेको छ।

    सो बैठकमा गृहमन्त्री रमेश लेखक पनि सहभागी हुने कार्यक्रम तय गरिएको छ। नेपाल प्रहरीको संरचना, अधिकार र जिम्मेवारीमा सुधार गर्ने उद्देश्यले विधेयक ल्याइएको हो।

    समितिको छलफलपछि विधेयकलाई अझ परिस्कृत गर्दै प्रतिनिधिसभामा पेस गरिने अपेक्षा गरिएको छ।