बुटवल, असार १३ - अर्घाखाँचीमा घरेलु विवादका क्रममा दाजुले बन्चरो प्रहार गर्दा भाइको मृत्यु भएको छ।
शितगंगा नगरपालिका–६ पाखा पानीका ४२ वर्षीय विष्णुबहादुर बादीले ३२ वर्षीय भाइ बमबहादुर बादीको टाउकोमा बन्चरोले प्रहार गर्दा गम्भीर घाइते भएका थिए। घाइते बमबहादुरलाई उपचारका लागि अस्पताल लगिए पनि बचाउन सकिएन।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार दुवै जना मदिरा सेवन गरेका अवस्थामा झगडा भएको थियो। घटनापछि फरार रहेका विष्णुबहादुरलाई प्रहरीले लुकिछिपी बसेको अवस्थामा पक्राउ गरी अनुसन्धान सुरु गरेको जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस