२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रुकुम पश्चिममा बलात्कार आरोपमा वाईसीएल नेता पक्राउ

उनी माओवादीको भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) कर्णाली प्रदेश कमिटीका सदस्य हुन्।



  • अञ्जना ढकाल
  • ३ महिना अघि
  • पाठक संख्या १३७
  • रुकुम, असार १३ - रुकुम पश्चिममा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ३० वर्षीय रेशम खत्री पक्राउ परेका छन्। उनी माओवादीको भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) कर्णाली प्रदेश कमिटीका सदस्य हुन्।

    जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डीएसपी प्रमेश विष्टका अनुसार १८ जेठमा पीडित किशोरीले खत्रीविरुद्ध उजुरी दिएकी थिइन्। उजुरीपछि फरार रहेका खत्रीलाई हालै सानोभेरी गाउँपालिकाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    पीडित किशोरीले बच्चा समेत जन्माइसकेकी छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।