२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

काठमाडौँको मसिनेमा कार पहिरोमा पुरियो, प्रहरीद्वारा उद्धार



  • अञ्जना ढकाल
  • ३ महिना अघि
  • पाठक संख्या १०६
  • काठमाडौँ, असार १५ – काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ मसिनेमा पहिरोले एक कार पुरिँदा यात्रु संकटमा परेका छन्।

    शनिवार राति मसिनेबाट थानकोटतर्फ जाँदै गरेको बा.५ च ११४५ नम्बरको कार अचानक आएको पहिरोमा पुरिएको थियो।

    घटनापछि जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले तत्काल पहिरो पन्छाउँदै कार तथा त्यसमा सवार यात्रुको उद्धार गरेको जनाएको छ। उद्धार गरिएका यात्रुको अवस्था सामान्य रहेको र उनीहरूलाई सुरक्षित स्थानमा पठाइएको प्रहरीको भनाइ छ।

    अविरल वर्षासँगै चन्द्रागिरि क्षेत्रमा पहिरोको जोखिम बढिरहेको छ। स्थानीय प्रशासनले सडक यात्रा गर्दा सावधानी अपनाउन आग्रह गरेको छ।