२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

अब शिक्षा बाहेकका विषय पढेकाले पनि दिन सक्नेछन् शिक्षक लाइसेन्स परीक्षा



  • अञ्जना ढकाल
  • ३ महिना अघि
  • पाठक संख्या ११४
  • काठमाडौं, असार १५ - अब शिक्षा संकाय बाहेकका विषयमा अध्ययन गरेका व्यक्तिहरूले पनि विद्यालय तहको शिक्षक बन्न शिक्षक लाइसेन्स परीक्षा दिन पाउने भएका छन्।

    प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय तहका शिक्षकका लागि शिक्षा संकाय बाहेकका शैक्षिक पृष्ठभूमि भएका व्यक्तिहरूलाई पनि अवसर दिने सहमति गरेको हो।

    तर, शिक्षक सेवा आयोगले लिने अध्ययन अनुमतिपत्र (लाइसेन्स) परीक्षा भने अनिवार्य गरिएको छ।

    त्यस्तै, समितिले प्रत्येक शिक्षकले पाठ्यक्रम परिवर्तन भएमा वा पाँच वर्षको अन्तरालमा सरकारले तोकेको पुनर्ताजगी तालिम लिई अध्यावधिक (रिन्यु) गर्नु पर्ने व्यवस्था पनि पारित गरेको छ।