२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

झापाको अर्जुनधारामा फर्निचर उद्योगमा आगलागी, १२ लाखको क्षति

एक फर्निचर उद्योगमा गएराति आगलागी हुँदा करिब १२ लाख रुपैयाँ बराबरको क्षति भएको छ।



  • अञ्जना ढकाल
  • ३ महिना अघि
  • पाठक संख्या ११४
  • झापा, असार १६ - झापाको अर्जुनधारा नगरपालिका–११ बसपार्कस्थित एक फर्निचर उद्योगमा गएराति आगलागी हुँदा करिब १२ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

    मोतीबहादुर खड्काको नाममा सञ्चालित खड्का फर्निचर उद्योगमा विद्युत् चुहावटका कारण आगलागी भएको प्रारम्भिक अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

    टिनको छानाको एक तले घरमा सञ्चालित उक्त उद्योगमा भएको आगलागीबाट काठ चिर्ने मेसिन र विभिन्न काठपात पूर्णरूपमा जलेर नष्ट भएका छन्।

    आगो बिर्तामोड नगरपालिकाको दमकल, स्थानीय बासिन्दा र प्रहरीको सक्रियतामा नियन्त्रणमा लिइएको हो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।