२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

बाराको चुरियामाई जंगलमा दुई ट्रक ठोक्किँदा एक चालकको तीन घण्टापछि सकुशल उद्धार

दुई ट्रक आपसमा ठोक्किँदा एक जना चालक तीन घण्टापछि सकुशल उद्धार भएका छन्।



  • अञ्जना ढकाल
  • ३ महिना अघि
  • पाठक संख्या १६४
  • काठमाडौं, असार १६ - बाराको जितपुर सिमरा उपमहानगरपालिका–२१ स्थित चुरियामाई मन्दिरको जंगलमा आइतबार साँझ दुई ट्रक आपसमा ठोक्किँदा एक जना चालक तीन घण्टापछि सकुशल उद्धार भएका छन्।

    पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०१ नम्बरको ट्रकलाई सोही दिशातर्फ जाँदै गरेको ना ६ ख ३७६३ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिँदा दुवै ट्रक सडकको बायाँ साइडमा पल्टिएका थिए। उक्त दुर्घटनामा ना ६ ख ३७६३ नम्बरको ट्रकका चालक चितवनको भरतपुर उपमहानगरपालिका–१६ निवासी करिब ३५ वर्षीय अरुण श्रेष्ठ स्टेरिङमा च्यापिएका थिए।

    घटनापछि सशस्त्र प्रहरी बल नेपाल नं. १४ गण मकवानपुरबाट निरीक्षक अनिल कार्कीको कमाण्डमा खटिएको टोलीले तीन घण्टाको प्रयासपछि ट्रकको झ्याल काटेर श्रेष्ठलाई सकुशल उद्धार गरेको हो।

    सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार, उद्धारपछि श्रेष्ठलाई थप उपचारका लागि जिल्ला अस्पताल हेटौंडा पठाइएको छ। अर्का ट्रक चालक सामान्य अवस्थामा रहेको बताइएको छ। दुवै ट्रकमा चालकबाहेक अन्य व्यक्ति नरहेको प्रहरीले जानकारी दिएको छ।