१३ बैशाख २०८३ आईतबार | 26 Apr 2026 Sun
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रिलायन्समा अनन्त अम्बानी कार्यकारी निर्देशक नियुक्त, कति छ तलब

यसअघि अनन्त रिलायन्सको बोर्डमा गैरकार्यकारी निर्देशकका रूपमा संलग्न थिए।



  • एजेन्सीको सहयोगमा
  • १० महिना अघि
  • पाठक संख्या २०३
  • काठमाडौं, असार १६ — भारतका सबैभन्दा धनी उद्योगपति मुकेश अम्बानीका कान्छा छोरा अनन्त अम्बानी रिलायन्स इन्डस्ट्रिज लिमिटेडको कार्यकारी निर्देशकमा नियुक्त भएका छन्। मे १, २०२५ देखि सुरु भएको उनको पाँचवर्षे कार्यकालका लागि उनी अब कम्पनीको पूर्णकालीन निर्देशकको रूपमा कार्यरत हुनेछन्।

    यसअघि अनन्त रिलायन्सको बोर्डमा गैरकार्यकारी निर्देशकका रूपमा संलग्न थिए। अब उनी कार्यकारी भूमिकामा रहेर कम्पनी सञ्चालनमा प्रत्यक्ष संलग्न हुनेछन्।

    तलब र अन्य सुविधा:

    रिलायन्स इन्डस्ट्रिजको कार्यकारी निर्देशकको रूपमा अनन्त अम्बानीले वार्षिक १० देखि १२ करोड भारतीय रुपैयाँ तलब पाउने छन्। साथै, कम्पनीको मुनाफामा आधारित कमिशन समेत प्राप्त गर्नेछन्।

    कम्पनीले भारतीय सेयर बजार (BSE) मा गरेको फाइलिङ अनुसार, अनन्तको तलब, भत्ता र अन्य सुविधा मिलाएर १० देखि २० करोड रुपैयाँसम्म हुने जनाएको छ।

    अनन्तलाई घर भाडा, मर्मत, ग्यास, बिजुली, पानी लगायतका भत्ताहरू उपलब्ध गराइनेछ। त्यस्तै, व्यापारिक यात्राका क्रममा अनन्त, उनकी पत्नी र सहयोगीको आवास, खाना र यात्रा खर्च कम्पनीले बेहोर्नेछ।

    घरमा प्रयोग हुने सञ्चार खर्च, परिवारको स्वास्थ्य उपचार, र सुरक्षा व्यवस्था पनि रिलायन्स इन्डस्ट्रिजले नै व्यवस्था गर्ने भएको छ।

    अनन्त अम्बानीको यो नियुक्ति रिलायन्स समूहको भविष्यको नेतृत्व परिवर्तनतर्फको संकेतका रूपमा हेरिएको छ।