२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

ताप्लेजुङमा पहिरोले घर पुरिँदा चार जना घाइते, तीनको अवस्था गम्भीर

मंगलबार राति पहिरो खस्दा एकै परिवारका चार जना घाइते भएका छन्।



  • अञ्जना ढकाल
  • ३ महिना अघि
  • पाठक संख्या ११४
  • ताप्लेजुङ, असार १८ - ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–३ मा मंगलबार राति पहिरो खस्दा एकै परिवारका चार जना घाइते भएका छन्।

    स्थानीय हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा उनीसहित उनकी श्रीमती ठगमाया कटुवाल, छोरा जगत् कटुवाल र छोरी सम्झना कटुवाल घाइते भएका हुन्।

    स्थानीय मौसम सेलिङका अनुसार घरमाथिको कुलो थुनिएपछि आएको पहिरोले घर पुरिएको हो।

    घटनापछि छिमेकीले चारै जनालाई उद्धार गरेका थिए। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई थप उपचारका लागि पाँचथर लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ।

    सावधानी नअपनाउँदा यस्ता विपद्ले ठूलो जनधनको क्षति गराउने भएकाले स्थानिय प्रशासनले सतर्क रहन आग्रह गरेको छ।