१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

त्रिवि क्रिकेट मैदानको दोस्रो चरणको काम आगामी आर्थिक वर्षमा सुरु हुने



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या ३३०
  • काठमाडौं, असार १८ – सरकारले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसारको रंगशाला बनाउने योजनाअनुरूप दोस्रो चरणको निर्माण कार्य आगामी आर्थिक वर्षमा सुरु गर्ने भएको छ।

    सहरी विकास मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको हो। मन्त्रालयका अनुसार हाल पहिलो चरणअन्तर्गत मैदानमा प्याराफिट निर्माणको कार्य भइरहेको छ।

    त्यस्तै, मन्त्रालयले काठमाडौंको शंखरापुर नगरपालिका–२ मा जरहसिंह पौवा रंगशाला निर्माणको योजना समेत अघि बढाएको छ। उक्त रंगशालाले पनि स्थानीय खेल विकासमा योगदान पुर्‍याउने विश्वास मन्त्रालयले लिएको छ।

    सहरी विकास मन्त्रालयका अनुसार रंगशालाको पूर्वाधार विकासमार्फत नेपाली खेलकुदको गुणस्तर अभिवृद्धि गर्ने लक्ष्यसहित योजनाहरू अघि बढाइएका हुन्।