२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

उद्धारमा खटिएका सशस्त्र प्रहरी भिरबाट खस्दा गम्भीर घाइते, सेनाको हेलिकप्टर परिचालन हुँदै

लिङलिङमा फसेका नागरिकको उद्धारका लागि खटिएको टोलीका सहायक हवल्दार विशाल थापा भिरबाट खस्दा गम्भीर घाइते भएका हुन्।



  • अञ्जना ढकाल
  • ३ महिना अघि
  • पाठक संख्या १६०
  • रसुवा, असार २५ – रसुवामा आएको बाढीपछि उद्धार कार्यमा खटिएका एक सशस्त्र प्रहरी गम्भीर घाइते भएका छन्। गोसाईंकुण्ड गाउँपालिका–३ लिङलिङमा फसेका नागरिकको उद्धारका लागि खटिएको टोलीका सहायक हवल्दार विशाल थापा भिरबाट खस्दा गम्भीर घाइते भएका हुन्।

    सशस्त्र प्रहरीको २ नम्बर गुल्मबाट खटिएको २१ जनाको टोलीमा रहेका थापा करिब १० मिटर तल खोँचमा खसेका थिए। उनको टाउको र घुँडामा चोट लागेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्।

    घाइते थापालाई तत्काल स्ट्रेचरमार्फत टिमुरेतर्फ लगिएको छ। तर अवस्था गम्भीर भएकाले थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौंस्थित बलम्बु अस्पताल लैजाने तयारी भइरहेको छ।

    प्रहरी स्रोतका अनुसार उद्धार स्थल भौगोलिक रूपमा अति जोखिमयुक्त भएकाले काममा कठिनाइ भइरहेको छ। उद्धारमा संलग्न टोली अहिले पनि प्रभावित क्षेत्रमै खटिएको छ।