२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

प्रधानमन्त्री ओलीद्वारा रतुवा खोलाको पुल उद्घाटन, १५ वर्षभित्र गरिबी अन्त्यको घोषणा

उनले हुलाकी राजमार्गअन्तर्गत गौरीगञ्ज–आमबारी खण्डको पुल उद्घाटन गर्दै, आगामी १५ वर्षभित्र नेपालबाट गरिबी उन्मूलन गर्ने ठोस प्रतिबद्धता व्यक्त गरे।



  • अञ्जना ढकाल
  • ३ महिना अघि
  • पाठक संख्या ११६
  • झापा, असार २९ - प्रधानमन्त्री केपी शर्मा ओलीले झापा र मोरङ जिल्लालाई जोड्ने रतुवा खोलाको पुलको उद्घाटन गरेका छन्।

    आइतबार आयोजित विशेष कार्यक्रममा उनले हुलाकी राजमार्गअन्तर्गत गौरीगञ्ज–आमबारी खण्डको पुल उद्घाटन गर्दै, आगामी १५ वर्षभित्र नेपालबाट गरिबी उन्मूलन गर्ने ठोस प्रतिबद्धता व्यक्त गरे।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको हुलाकी सडक निर्देशनालयको आयोजनामा सम्पन्न कार्यक्रममा प्रधानमन्त्री ओलीले पुल निर्माणले पूर्वी क्षेत्रको यातायात र व्यापारिक गतिविधिमा सहजता ल्याउने विश्वास व्यक्त गरे।

    उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, "छेउमै नदी बगिरहेको अवस्थामा पनि सिँचाइ नहुँदा खेत बाँझो बस्नु दुःखद हो। अब यस्तो अवस्था अन्त्य गर्दै कृषि क्षेत्रको आधुनिकीकरण र विकासलाई तीव्रता दिनुपर्नेछ।"

    उनले स्थानीय तहहरूलाई कृषिलाई व्यवसायिक रूप दिन सक्रिय भूमिका खेल्न आग्रह गर्दै, आधुनिक प्रविधिको प्रयोगसहित नमुना परियोजना सञ्चालन गर्न प्रेरित गरे।

    प्रधानमन्त्री ओली हाल दुई दिने झापा र इलामको दौडानमा छन् र विभिन्न विकास परियोजनाहरूको अनुगमन तथा उद्घाटनमा सहभागी भइरहेका छन्।