२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

एक वर्षमा काठमाडौं महानगरमा ५५ किलोमिटर सडक कालोपत्रे, ढल र ब्लक निर्माणमा पनि प्रगति

काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा ५५.४ किलोमिटर सडक कालोपत्रे गरेको छ।



  • अञ्जना ढकाल
  • ३ महिना अघि
  • पाठक संख्या ११४
  • काठमाडौं, असार २९ – काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा ५५.४ किलोमिटर सडक कालोपत्रे गरेको छ।

    आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा महानगरले चालु वर्षको पूर्वाधारसम्बन्धी प्रगति विवरण प्रस्तुत गरेको हो।

    प्रगति विवरणअनुसार, हालसम्म १०.३१ किलोमिटर सडकमा ढलान गरिएको छ भने १२.२५ किलोमिटर क्षेत्रमा नयाँ ढल निर्माण सम्पन्न भएको छ। यससँगै ४२.४७ किलोमिटर क्षेत्रमा ब्लक छाप्ने कामसमेत गरिएको छ।

    महानगरले सडक विस्तार, ढल व्यवस्थापन र पैदल यात्रुलाई सहज बनाउने कार्यलाई प्राथमिकता दिँदै आएको छ। आगामी आर्थिक वर्षमा यसलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता महानगरले जनाएको छ।