२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

दार्चुलामा तुइन चुँडिँदा युवक महाकालीमा बेपत्ता

दार्चुलाको व्याँस गाउँपालिका–२ दुम्लिङस्थित महाकाली नदीमा तुइन चुँडिएर एक युवक बेपत्ता भएका छन्।



  • अञ्जना ढकाल
  • ३ महिना अघि
  • पाठक संख्या १०३
  • दार्चुला, असार ३१ – दार्चुलाको व्याँस गाउँपालिका–२ दुम्लिङस्थित महाकाली नदीमा तुइन चुँडिएर एक युवक बेपत्ता भएका छन्।

    मंगलबार दिउँसो करिब १२ बजे भारततर्फ जान तुइन प्रयोग गर्ने क्रममा स्थानीय २८ वर्षीय नारायण बुढाथोकी तुइन चुँडिएपछि महाकाली नदीमा खसेर बेपत्ता भएका हुन्।

    जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्रबहादुर रावतका अनुसार नारायण बुढाथोकी तुइनमार्फत नदी पार गर्ने क्रममा नदीको बीच भागमा पुग्दा अचानक तुइन चुँडिएको थियो।

    सोही समयमा नारायणसँगै २६ वर्षीय जितु बिष्ट र ४५ वर्षीय जयदु बुढाथोकी पनि तुइन प्रयोग गरेर भारत जाने तयारीमा थिए। नारायणभन्दा अघि जितुले तुइन पार गरेर सकुशल भारत पुगेका थिए भने नारायण बेपत्ता भएपछि जयदुले तुइन चढ्ने प्रयाससमेत नगरेको प्रहरीको भनाइ छ।

    हाल घटनास्थलमा स्थानीयबासी र सुरक्षाकर्मीको टोलीले नारायणको खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ।

    यसअघि पनि दार्चुलामा तुइन दुर्घटनाका कारण ज्यान गुमाउने वा बेपत्ता हुने घटना दोहोरिएको भन्दै स्थानीयहरूले स्थायी र सुरक्षित पुलको माग गर्दै आएका छन्।