२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सर्लाहीमा प्रहरी र तस्करबीच घुसको डिल : अडियो सार्वजनिक भएपछि सई दास निलम्बनको सिफारिस

सई वैधनाथ दासले तस्करसँग गरेको घुस लेनदेनको अडियो सार्वजनिक भएपछि उनीमाथि कारबाही प्रक्रिया सुरु भएको छ।



  • अञ्जना ढकाल
  • ३ महिना अघि
  • पाठक संख्या १८७
  • रौतहट, साउन २ - सर्लाहीको हिरापुर इलाका प्रहरी कार्यालयमा कार्यरत सई वैधनाथ दासले तस्करसँग गरेको घुस लेनदेनको अडियो सार्वजनिक भएपछि उनीमाथि कारबाही प्रक्रिया सुरु भएको छ।

    सार्वजनिक अडियोमा सई दासले आफ्ना घुमुवा प्रहरी जवान सन्तोष यादवमार्फत तस्करसँग त्रिपक्षीय घुस सम्झौता गरेको पुष्टि हुने संवाद रहेको बताइएको छ। अडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीले उनलाई निलम्बन गर्न सिफारिस गर्दै मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरमार्फत प्रहरी प्रधान कार्यालयमा पत्र पठाएको हो।

    यस घटनाले प्रहरीले अवैध तस्करी रोक्नुको साटो उल्टै आर्थिक लेनदेनमा संलग्न भएको गम्भीर आशंका उठाएको छ। अडियो सार्वजनिक भएपछि स्थानीयस्तरमा प्रहरीको भूमिकामाथि प्रश्न उठेका छन्।

    अब प्रहरी प्रधान कार्यालयले सिफारिसअनुसार औपचारिक निर्णय गरी आवश्यक अनुशासनात्मक प्रक्रिया अघि बढाउने जनाइएको छ।