१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

एमालेको केन्द्रीय कमिटी बैठक सुरु, सञ्चारकर्मीलाई निषेध

सुरक्षाका कारण देखाउँदै फोटो पत्रकारसहित अन्य सञ्चारकर्मीलाई बैठक स्थल बाहिरै रोकिएको छ।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या १५६
  • काठमाडौं, साउन ५ – नेकपा (एमाले)ले पार्टी विधानमाथि छलफल गर्न केन्द्रीय कमिटीको बैठक आजदेखि सुरु गरेको छ। च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक जारी छ।

    तर, बैठकस्थलमा कडा सुरक्षा व्यवस्था गरिएको छ। सुरक्षाका कारण देखाउँदै फोटो पत्रकारसहित अन्य सञ्चारकर्मीलाई बैठक स्थल बाहिरै रोकिएको छ। सामान्यतया बैठक हलबाहिर फोटो खिच्न र प्रत्यक्ष रिपोर्टिङ गर्न सञ्चारकर्मीलाई अनुमति दिइने गरिन्छ। तर यसपटक भने केन्द्रीय सदस्य बाहेक सबैलाई कार्यालय क्षेत्रभित्र छिर्न रोक लगाइएको छ।

    पार्टी भित्र चलिरहेको विधान संशोधनसम्बन्धी छलफललाई गोप्य राख्न सुरक्षा सतर्कता बढाइएको अनुमान गरिएको छ। बैठकमा सहभागी नेताहरूले विधानका प्रावधानहरूबारे आन्तरिक छलफल गरिरहेको जनाइएको छ।

    एमालेको यो बैठकले आगामी महाधिवेशनका एजेन्डा तय गर्नेतर्फ पनि दिशा दिने अपेक्षा गरिएको छ।