६ भदौ २०८२ शुक्रबार | 22 Aug 2025 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

भक्तपुरमा बसको ठक्करबाट ७१ वर्षीया महिलाको मृत्यु, चालक नियन्त्रणमा

भुलाञ्चा चोकमा बाटो काट्ने क्रममा बसको ठक्करले गम्भीर घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको हो।



  • अञ्जना ढकाल
  • ४ हप्ता अघि
  • पाठक संख्या ९०
  • भक्तपुर, साउन ६ - भक्तपुरको सूर्यविनायकमा यात्रुवाहक बसको ठक्करबाट एक जेष्ठ महिलाको ज्यान गएको छ।

    मंगलबार दिउँसो सूर्यविनायक नगरपालिका अन्तर्गत भुलाञ्चा चोकमा बाटो काट्ने क्रममा बसको ठक्करले गम्भीर घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको हो।

    काठमाडौंबाट बनेपातर्फ गइरहेको बा. ५ ख. ४७८२ नम्बरको मयुर यातायातको बसले भक्तपुर नगरपालिका–४ स्थित मंगलाछेँकी ७१ वर्षीया सुवर्णकेशरी श्रेष्ठलाई ठक्कर दिएको थियो।

    श्रेष्ठलाई गम्भीर चोटपटक लागेपछि तुरुन्तै भक्तपुर अस्पताल लगिएको थियो। तर, उपचारका क्रममा उनको ज्यान जोगाउन सकिएन।

    महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार बस र चालकलाई तत्काल नियन्त्रणमा लिइएको छ।

    बस चलाउने निल कुमार तामाङ नुवाकोटको शिवपुरी गाउँपालिका–२ छाप स्थायी घर भई हाल काठमाडौंको नारायणस्थान बसोबास गर्दै आएका छन्।

    हाल उनीमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    सवारी दुर्घटनासम्बन्धी यस्ता घटनाले सर्वसाधारण पैदल यात्रुहरूको सुरक्षाप्रति गम्भीर प्रश्न उठाइरहेका छन्।