२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

नेपालबाट एक वर्षमा २३ करोडको यार्सागुम्बा र १ अर्बभन्दा बढीको अम्रिसो निर्यात



  • अञ्जना ढकाल
  • ३ महिना अघि
  • पाठक संख्या ११६
  • काठमाडौं, साउन ६ - नेपालले आर्थिक वर्ष २०८१/०८२ मा बहुमूल्य जडीबुटी यार्सागुम्बा तथा अम्रिसो निर्यातमा उल्लेखनीय सफलता हासिल गरेको छ।

    भन्सार विभागले सार्वजनिक गरेको वार्षिक तथ्यांकअनुसार नेपालले एक वर्षमा ५४८ केजी यार्सागुम्बा निर्यात गरी २३ करोड ७५ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ।

    १० वटा देशमा पठाइएको यार्सागुम्बामध्ये सबैभन्दा धेरै निर्यात हङकङमा भएको देखिन्छ, जहाँ १२ करोड ९३ लाख रुपैयाँको यार्सागुम्बा पठाइएको हो।

    त्यस्तै, चीनमा ३ करोड ८४ लाख, अमेरिकामा १ करोड ५१ लाख, सिंगापुरमा १ करोड ८८ लाख, बेलायतमा ५९ लाख, मलेसियामा ६३ लाख, जापानमा ४ लाख, रुसमा २ लाख ९५ हजार रुपैयाँ बराबरको यार्सागुम्बा पठाइएको छ। थाइल्याण्डमा भने सबैभन्दा कम, जम्मा ६ हजार रुपैयाँको मात्र निर्यात भएको छ।

    यसै अवधिमा नेपालले अम्रिसो निर्यातमार्फत १ अर्ब १५ करोड रुपैयाँभन्दा बढी राजस्व आर्जन गरेको छ। एक वर्षमा १ करोड ५१ लाख केजी अम्रिसो भारतमा निर्यात गरिएको छ।

    भन्सार विभागका अनुसार यो सम्पूर्ण अम्रिसो भारतमै पठाइएको हो, जसबाट कुल १ अर्ब १५ करोड ७ लाख रुपैयाँ आम्दानी भएको उल्लेख गरिएको छ।

    नेपालको जैविक स्रोत र वनस्पतिको सही व्यवस्थापन र निर्यातमैत्री नीति अपनाउन सके, आगामी वर्षमा यस्ता उत्पादनबाट अझ ठूलो आय आर्जन गर्न सकिने विज्ञहरूले औंल्याएका छन्।