१३ असार २०८३ शनिबार | 27 Jun 2026 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

गुल्मीमा १० वर्षीय बालकको झुण्डिएको अवस्थामा शव फेला



  • अञ्जना ढकाल
  • ११ महिना अघि
  • पाठक संख्या २६८
  • गुल्मी, साउन १३ - गुल्मीको धुर्कोट गाउँपालिका–४ कालापोखरामा एक १० वर्षीय बालक झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।

    स्थानीय रामबहादुर सुनारका छोरा अनमोल सुनार मंगलबार बिहान १० बजेतिर आफ्नै घरको दलिनमा प्लाष्टिकको डोरीको सहायताले झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

    बालकको आमाले उनलाई झुण्डिएको अवस्थामा देखेपछि तुरुन्तै पासो काटेर खाटमा राखेकी थिइन्, तर त्यतिबेलासम्म उनको मृत्यु भइसकेको प्रहरीले पुष्टि गरेको छ।

    घटनाबारे जानकारी पाएपछि स्थानीय देवेन्द्र भण्डारीले प्रहरी चौकी जैसिथोक बरबोटलाई खबर गरेका थिए। त्यसपछि प्रहरी सहायक निरीक्षक रामदेव सुनारको नेतृत्वमा तीन सदस्यीय प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

    हाल घटनाको कारण खुल्न नसकेको र थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट प्रहरी निरीक्षक रेवन्त सेनको नेतृत्वमा थप टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।

    घटनासम्बन्धी विस्तृत विवरण आउन बाँकी रहेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।