२८ साउन २०८३ बिहिबार | 13 Aug 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रास्वपा पदाधिकारी चयनका लागि मतदान सम्पन्न, आजै नतिजा आउने



  • अञ्जना ढकाल
  • २ महिना अघि
  • पाठक संख्या ७३
  • काठमाडौं, असार १२ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नयाँ नेतृत्व चयनअन्तर्गत पदाधिकारी पदका लागि भएको मतदान सम्पन्न भएको छ।

    मतदान समय सकिएपछि मतदान केन्द्रभित्र प्रवेश गरिसकेका प्रतिनिधिहरूले भने आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्। उनीहरूको मतदान सकिएलगत्तै मतपेटिका बन्द गरी मतगणनाको प्रक्रिया अघि बढाइने निर्वाचन समितिले जनाएको छ।

    पदाधिकारी निर्वाचनको मतपरिणाम आजै सार्वजनिक गर्ने तयारी गरिएको छ। रास्वपाको जारी महाधिवेशन पनि आजै समापन गर्ने कार्यक्रम रहेको छ।

    यस निर्वाचनमार्फत पार्टीका पाँच पदाधिकारी चयन हुँदैछन्। महाधिवेशन गत असार ७ गतेदेखि सञ्चालन हुँदै आएको थियो।