११ असार २०८३ बिहिबार | 25 Jun 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रास्वपा महाधिवेशन : करिब तीन हजार मत खस्यो, अब मतगणनाको तयारी



  • अञ्जना ढकाल
  • २ घण्टा अघि
  • पाठक संख्या ४१
  • काठमाडौं, असार ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य चयनका लागि सम्पन्न मतदानमा २ हजार ९५९ मत खसेको छ।

    निर्वाचन प्रक्रिया अन्तर्गत बिहीबार सम्पन्न मतदानपछि अहिले आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया (मुचुल्का) तयार गर्ने काम भइरहेको निर्वाचन समितिले जनाएको छ।

    मुचुल्का प्रक्रिया पूरा भएपछि केही समयमै मतगणना सुरु गरिने तयारी गरिएको छ। केन्द्रीय सदस्यहरूको मतपरिणाम सार्वजनिक भएसँगै आजै पार्टीका पदाधिकारी पदका लागि पनि मतदान गरिने कार्यक्रम रहेको छ।

    रास्वपाले खुला उपसभापति, महिला उपसभापति, महामन्त्री, दुई खुला सहमहामन्त्री तथा दुई महिला सहमहामन्त्री पदका लागि मतदान गर्ने तयारी गरेको नेता मनिष झाले जानकारी दिएका छन्।

    महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रिया अन्तिम चरणमा पुगेसँगै पार्टीभित्र चुनावी गतिविधि थप तीव्र बनेको छ।