२६ साउन २०८२ सोमबार | 11 Aug 2025 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

विदेशमा ज्यान गुमाएका १४०१ नेपालीको शव नेपाल फर्काइयो, अधिकांश २६–३० वर्षका युवा



  • अञ्जना ढकाल
  • २ हप्ता अघि
  • पाठक संख्या १५१
  • काठमाडौं, साउन १४ – वैदेशिक रोजगारीका क्रममा गत आर्थिक वर्ष २०८१/०८२ मा मृत्यु भएका १४०१ नेपाली कामदारको शव नेपाल फर्काइएको छ। ती शवहरू सम्बन्धित परिवारलाई बुझाइएको नेपाल प्रहरीले जानकारी दिएको छ।

    प्रहरीका अनुसार उमेर समूहअनुसार सबैभन्दा धेरै मृत्यु २६ देखि ३० वर्षका युवाहरूको भएको हो। यो समूहका २३३ जनाको शव नेपाल ल्याइएको छ।

    त्यस्तै २० वर्षमुनिका २९ जना, २१–२५ वर्षबीचका १७२ जना, ३१–३५ वर्षका २२६ जना, ३६–४० वर्षका २२५ जना, ४१–४५ वर्षका २१५ जना, ४६–५० वर्षका ११७ जना, ५१–५५ वर्षका ७१ जना, ५६–६० वर्षका २४ जना, ६१–६५ वर्षका १२ जना, ६६–७० वर्षका १२ जना, र ७० वर्षभन्दा माथिका ६५ जनाको शव नेपाल फर्काइएको हो।

    यो तथ्यांकले देशको सबैभन्दा सक्रिय र उत्पादनशील उमेर समूहका युवाहरू नै विदेशमा ठूलो संख्यामा ज्यान गुमाइरहेको देखाउँछ।

    वैदेशिक रोजगार विभागले ४८१ वटा शव स्वदेश ल्याएको छ भने १,०८६ शव परिवारको घरसम्म पुर्‍याइएको छ।

    एक वर्षको अवधिमा विभागले १,५१७ जना मृतक कामदारका परिवारलाई कुल १ अर्ब २ करोड ३४ लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरेको जनाएको छ। सरकारले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउने प्रत्येक श्रमिकका परिवारलाई १० लाख रुपैयाँको राहत उपलब्ध गराउँदै आएको छ।

    देशको अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याउने नेपाली कामदारहरूकै जीवन विदेशी भूमिमा गुम्दा पनि, वैदेशिक रोजगार क्षेत्रको सुरक्षा र सुधारको आवश्यकता झनै गम्भीर रूपमा महसुस गरिनुपर्ने अवस्था देखिएको छ।