२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

ललितपुरको गोदावरीमा श्रीमतीको हत्या, श्रीमान पक्राउ



  • अञ्जना ढकाल
  • २ महिना अघि
  • पाठक संख्या १३४
  • काठमाडौं, साउन १८ - ललितपुरको गोदावरी नगरपालिका–१४ ठैबमा एक महिलाको हत्या भएको छ । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा मृतकको श्रीमानलाई पक्राउ गरेको छ।

    जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार ४६ वर्षीय निरज खड्गीले आफ्नी श्रीमती ४२ वर्षीया कमलामाया खड्गीको घाँटी थिचेर हत्या गरेका हुन्।

    शनिबार बेलुका मदिरा सेवनपछि दम्पतीबीच विवाद भएको र त्यसक्रममा हत्या भएको प्रारम्भिक अनुसन्धानमा खुलेको एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए।

    घटनापछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए। उनीहरूले निरजलाई घेरा हालेर नियन्त्रणमा लिएका थिए, त्यसपछि प्रहरी पुगेर उनलाई पक्राउ गरेको हो।

    प्रहरीले घटनास्थलको अनुसन्धान गरिरहेको छ भने निरजविरुद्ध आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने जनाएको छ।