६ भदौ २०८२ शुक्रबार | 22 Aug 2025 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

प्रधानमन्त्री ओलीको आरोप : 'लोकतन्त्र र संविधान नमान्नेहरूले संसद अवरुद्ध गरेका छन्'



  • अञ्जना ढकाल
  • ३ हप्ता अघि
  • पाठक संख्या ११०
  • काठमाडौं, साउन १८ — प्रधानमन्त्री केपी शर्मा ओलीले संसद अवरुद्ध गर्नेहरू लोकतन्त्र र संविधानप्रति आस्था नभएका समूह रहेको आरोप लगाएका छन्।

    आइतबार बालुवाटारमा आयोजित 'लोकतन्त्र र जनअभिमत: नेपालको निर्वाचन इतिहास' पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले व्यवस्थामाथि प्रहार गर्ने सोच बोकेकाहरू संसदभित्रै घुसेर अराजकता फैलाउन खोजिरहेको दाबी गरे।

    उनले भने, “संसद अवरुद्ध गर्नेहरू लोकतन्त्र चाहँदैनन्, न त उनीहरूलाई संविधानको सम्मान छ। अहिले देखिएको समस्या संसद भत्काउने र आगो बाल्ने प्रवृत्तिबाट आएको हो।”

    प्रधानमन्त्री ओलीले यस्ता सोच पुराना दलहरूभित्र पनि देखिएको र त्यसलाई समयमै हटाउनु आवश्यक रहेको धारणा राखे। उनले नयाँ राजनीतिक दलहरूले संविधान र कानुनको दायराभित्र रहेर आफ्नो विचार राख्न पाउनुपर्छ भन्नेमा जोड दिए।

    नेपालको अवस्था श्रीलङ्का वा बङ्गलादेशको जस्तो नहुने स्पष्ट पार्दै ओलीले व्यवस्था अस्थिर पार्न खोज्नेहरूको विरुद्धमा प्रतिकार गरिने चेतावनीसमेत दिए।

    उनको भनाइप्रति राजनीतिक वृत्तमा विभिन्न प्रतिक्रिया देखिन सक्ने संकेत दिइएको छ।