१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

प्रचण्डको भनाइ : 'गल्ती गर्नेले आत्मालोचना गर्नैपर्छ'



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या १८१
  • काठमाडौं, साउन १८ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र कसैले गल्ती गरेमा त्यसले आत्मालोचना गर्नुपर्ने स्पष्ट पारेका छन्।

    आइतबार सम्पन्न स्थायी कमिटी बैठकपश्चात सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै प्रचण्डले हाल पनि पार्टीभित्र छलफल जारी रहेको जनाउँदै दोषीलाई आत्मालोचना गर्न आग्रह गरे।

    उक्त बैठकमा उपमहासचिव जनार्दन शर्माले पार्टीको बिग्रँदो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै यदि अध्यक्ष प्रचण्डले जिम्मेवारी लिने हो भने आफू पनि आत्मालोचना गर्न तयार रहेको बताएका थिए।

    यसअघि, केही नेताहरूले शर्मालाई आत्मालोचना गर्नुपर्ने सुझाव दिएका थिए। त्यही सन्दर्भमा पत्रकारहरूले राखेको प्रश्नमा प्रतिक्रिया दिँदै प्रचण्डले भने, “अहिले छलफल चलिरहेको छ। जसले गल्ती गरेको छ, त्यसले नै आत्मालोचना गर्नु पर्ने हो।”

    पार्टीको आन्तरिक समीक्षामा गहिरो बहस चलिरहेको देखिन्छ भने नेतृत्वको भूमिकालाई लिएर पनि प्रश्नहरू उठिरहेका छन्। बैठकमा नेताहरूबीच आत्मसमीक्षा र जिम्मेवारीबारे धारणा प्रस्तुत भइरहेका छन्, जसले आगामी दिनमा माओवादी केन्द्रभित्र नेतृत्व र नीतिगत स्पष्टता ल्याउने अपेक्षा गरिएको छ।