२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

साइबर अपराध मुद्दामा अभियन्ता शर्मिला वाइबा पोखराबाट पक्राउ



  • अञ्जना ढकाल
  • २ महिना अघि
  • पाठक संख्या १५५
  • पोखरा, साउन २० – सामाजिक अभियन्ता भन्दै आएकी शर्मिला वाइबा मंगलबार पोखराको लेकसाइड क्षेत्रबाट पक्राउ परेकी छन्। उनलाई साइबर अपराधसम्बन्धी अभियोगमा पक्राउ गरिएको हो।

    जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी हरि बस्नेतले काठमाडौं जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जीका आधारमा वाइबालाई नियन्त्रणमा लिइएको जानकारी दिए। "साइबर अपराधसम्बन्धी मुद्धामा अनुसन्धान गर्नुपर्ने भएकाले उनी पक्राउमा परेकी हुन्," डिएसपी बस्नेतले भने।

    प्रहरीका अनुसार वाइबामाथि प्रारम्भिक अनुसन्धानपछि थप म्याद लिएर विस्तृत छानबिन गरिनेछ। यसका लागि उनलाई काठमाडौं पठाउने तयारी भइरहेको छ।

    वाइबा पछिल्लो समय सामाजिक सञ्जालमा सक्रिय रहँदै आएकी थिइन्। उनका केही अभिव्यक्तिहरूलाई लिएर विवाद पनि चुलिएको थियो। अहिले भने ती गतिविधिहरू कानुनी छानबिनको दायरामा पुगेका छन्।